एमाले कास्कीमा नयाँ अनुहार मनबहादुर र दामोदर, खगराज प्रदेशमा झरे

पाेखरा | असोज २२, २०७९

एमाले कास्कीमा नयाँ अनुहार मनबहादुर र दामोदर, खगराज प्रदेशमा झरे

कास्कीः नेकपा एमालेले कास्कीलगायत गण्डकी क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार टुंगो लगाएको छ । 

 

तीन निर्वाचन क्षेत्र रहेको कास्कीको १ मा मनबहादुर गुरुङले प्रतिनिधिसभाको टिकट पाएका छन् । यस क्षेत्रबाट नयाँ अनुहार गुरुङ हाल एमाले कास्कीको अध्यक्ष हुन् । 

 

यसअघि स्वास्थ्य र गृहमन्त्री रहेका खगराज अधिकारी भने प्रदेश सभाको १ (क)बाट उम्मेदवार भएका छन् । त्यस्तै, यही क्षेत्रको (ख)बाट बेदबहादुर गुरुङले टिकट पाएका छन् । 

 

त्यस्तै, क्षेत्र नम्बर २ बाट विद्या भट्टराईले टिकट पाएकी छिन् । भट्टराइलाई यस क्षेत्रको स्वभाविक उम्मेदवार मानिएको थियो । 

 

यहाँबाट प्रदेश सभामा भीम कार्की र मिना गुरुङले टिकट पाएका छन् । 

 

यसैगरी, क्षेत्र ३ बाट प्रतिनिधि सभामा दामोदर वैरागीले बाजी मारेका छन् । यहाँबाट प्रदेशतर्फ गणेशमान गुरुङ र राजीव पहारीले टिकट पाएका छन् । जसमध्ये राजीव पहारीले पुनः अवसर पाएका हुन् । 

 

दशैँअघि पत्रकार भेटघाटमा खगराज अधिकारीले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने भन्दै आफुलाई प्रदेशमा उठाएपनि सहर्ष स्वीकार गर्ने बताएका थिए । यद्यपि, अधिकारीको रुचि भने संघमै रहेको थियो । 

 

अवसरका हिसाबले प्रदेशमा झरे पनि यसपटक राजीव पहारी र अधिकारीले नै पुनः बाजी मारेका छन् । 
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्